चेपाङ परिवारका सदस्यलाई कम्बल वितरण गरिदै ।

हेटौंडाः उद्योग संघ मकवानपुरले शनिबार राक्सिराङ र कैलाश गाउँपालिकाको भार्ताका ३० चेपाङ परिवारलाई जाडोमा न्यानोको लागि कम्बल, पिठो लगायत सरसफाइको सामग्री वितरण गरेको छ ।उद्योग संघ मकवापनुरको शनिबार भएको १९ औं साधारणसभामा उनीहरुलाई सो सामग्री वितरण गरिएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षतामा भएको साधारणसभामा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको छ । साधारणसभामा राष्ट्रिय सभाका सदस्य रामनाराय बिडारी, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, नेपली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, संविधान सभा सदस्य अनन्त पौडेल लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थिति रहेको थियो ।