हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका ३० वटा विद्यालयका व्यवस्थापन समिति पुनर्गठन गरिएका छन् । चालु आर्थिक वर्षमा कार्यकाल पूरा भएका ३० वटा विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । हेटौंडा उपमहानगरक्षेत्रमा ७७ वटा सरकारी विद्यालय छन् ।
शिक्षा विकास महाशाखाकी अधिकृत सरस्वती कोइरालाका अनुसार अभिभावक भेलाबाट चार जना सदस्यहरु चयन गरेपछि चार जना मध्येबाटै व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने प्रावधान छ । सदस्य चयन गर्ने क्रममा शिक्षाप्रेमी, समाजसेवी र एकजना शिक्षक प्रतिनिधी हुनुपर्नेछ । व्यवस्थापन समितिमा २ जना महिला प्रतिनिधि अनिवार्यरुपमा चयन गर्नुपर्नेछ । विद्यालय व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको हुनेछ । शिक्षा महाशाखाले व्यवस्थापन समितिको कार्यकाल पूरा भएका सबै विद्यालयलाई यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइएको शिक्षा अधिकृत कोइरालाले जानकारी दिनुभएको छ ।