हेटौंडाः हेटौंडामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार ६ महिला र ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मंगलबार र बुधबार दुईदिन संकलित ५८ जनाको स्वाब नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।