हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१ की २१ वर्षीया अपाङ्गता भएकी युवती बलात्कृत भएकी छिन् । पुस ३ गते बिहान ११ बजेको समयमा बकैया गाउँपालिका–१ कै ६२ वर्षीय आइतेसिं वाईबाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको अभियोगमा वाईबालाई प्रहरीले बिहीबार राती २ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमरबहादुर गजमेरले जानकारी दिनुभएको छ । पीडित युवतीको परिवारले जाहेरी दर्ता गरेसँगै प्रहरीले पक्राउ परेको वाईबालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति पाएको छ । दुबै खुट्टा नचल्ने भई अपाङ्गता भएका कारण हिँड्डुल समेत गर्न नसक्ने अवस्थाकी युवतीलाई घरमा कोही नभएको मौका छोपी वाईबाले बलात्कार गरेर अरुलाई भने मारिदिने धम्की समेत दिएको भनी पीडित परिवारले प्रहरी समक्ष जाहेरी दर्ता गराएको छ ।