हेटौंडाः बामगती प्रदेशका सांसद शालिकराम जमरकट्टेलले प्रदेश सभा मुख्यमन्त्रीले विघटन गर्न नसक्ने बताउनुभएको छ । सरकार बनाउन आवश्यक सांसदहरु आफ्नो पक्षमा भएको बताउनुहुँदै मुख्यमन्त्रीले प्रदेश सभाको विघटन गरे संघीयतामा नै ठेस लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म सरकार बन्ने स्थिति हुन्छ तबसम्म सरकार विघटन हुँदैन ।”
बागमती प्रदेशमा प्रष्ट ढंगले सरकार गठन गर्न सक्ने अवस्थामा आफुहरु रहेको भन्दै प्रचण्ड–माधव कुमार समुहका नेताहरुले शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता भएसँगै अब छिट्टोभन्दा छिट्टो प्रदेश सभाको बैठक बोलाउन पहल गर्ने उहाँले बताउनुभयो ।