हेटौंडाः हेटौंडा जेसिजको वर्ष २०२१-२२ को अध्यक्षको लागि व्यवसायी सुधीर दाहालले उम्मेदवारी दिने भएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी दर्ता गराउने तयारी गरेको बताउनुभयो । उहाँले आफ्नो टिममा कार्यकारिणी उपाध्यक्षमा छचेन्द्र आचार्य, पुष्पराज पुडासैनी, उपाध्यक्षमा अमित आचार्य र सुनिलप्रसाद उप्रेतीले समेत उम्मेदवारी दर्ता गराउने बताउनुभयो ।
सन् २०११ देखि जेसिजको साधारण सदस्यमार्फत संस्थामा आएका सुधीर दाहालले संस्थाको अध्यक्ष भएपछि चाकडी, चाप्लुसीको अन्त्य गरेर संस्थामा योग्य व्यक्तिलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले संगठनमा योग्य व्यक्ति हुने भन्दै आफू अध्यक्षमा रहँदा संस्थालाई नयाँ उचाई दिने बताउनुभयो । दाहालले हेटौंडा जेसिजको कोषाध्यक्ष, सचिव, कार्यकारिणी उपाध्यक्ष समेतको भूमिका बखुबीले निभएका छन् । हाल १४१ जना सदस्य रहेको हेटौंडा जेसिजमा आफूलाई सहयोग गर्न पनि सम्पूर्ण सदस्यहरुलाई उहाँले अनुरोध गर्नुभएको छ ।