हेटौंडाः मकवानपुरमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार मंगलबार २ महिला र ६ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मंगलबार बिहान संकलित २७ जनाको स्वाब नमूना परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७ जना र मनहरी गाउँपालिकाका १ जना छन् ।