हेटौंडाः मनहरी गाउँपालिकाको आठौं गाउँसभाले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ । सोमबार सुरु भएको मनहरी गाउँपालिकाको गाउँसभाले उक्त ऐनसम्बन्धी कार्यविधि पनि पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जिल्लामा संघीय सरकारले ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकाले स्थानीय तहले ऐन बनाएर पारित गरेको जानकारी दिनुभयो ।