हेटौंडा: हेटौंडा–४, स्कुलरोडमा आइतबारबाट जर्सी पसल नेपाल सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले पसलको उद्घाटन गर्नुभएको हो । २० लाख रुपैयाँ लगानीमा जर्सीसहित फुटबल, क्रिकेट, भलिबल लगायत सम्पूर्ण खेलकुदका सामग्रीहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले जर्सी पसल सञ्चालनमा ल्याएको सञ्चालक सञ्जीत खनालले बताउनुभयो ।
यसअघि जर्सी पसल नेपालको शाखाहरु काठमाडौ लगायत चितवनमा पनि रहेको सञ्चालक खनालले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, राष्ट्रिय फुटबल खेलाडी रञ्जन विष्ट लगायतको उपस्थिति थियो ।