हेटौडाः हेटौंडामा आज नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण युवाहरुले सिटी जुलुस निकालेका छन् । युवाहरुले सिटी बजाउँदै ओली सरकार मुर्दावाद, चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार लागयतका नारा लगाएका थिए ।

कांग्रेस मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको सिटी जुलुस संगम चोक हुँदै, कान्तिराजपथ, स्कुलरोड हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नुहुँदै नेपाल तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकले सरकारको विरोध गर्नुभएको छ । देशमा बढ्दो महिला हिंसा, बलात्कार, भ्रष्टाचार लगायतको बारेमा अहिलेको सरकार फसेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो ।

त्यस्तै भोलि सोमबार हेटौंडामा सरकारको विरोधमा व्यापक युवाहरुको उपस्थिति हुनका लागि उहाँले आग्रह गर्नुभएको छ । भोलि नेपाली कांग्रेसले देशैभर सरकारको विरुद्ध सडकमा उत्रेर विरोध गर्ने भएको छ । सोहि क्रममा हेटौंडामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोधसभालाई सम्बोधन गर्नुहुने भएको छ । सोमबार कांग्रेस मकवानपुरले हेटौंडामा चारैदिशा (उत्तरमा चौकिटोल, दक्षिणमा कर्रापुल, पूर्वमा कान्तिराजपथ र पश्चिममा राप्तिपुलबाट) सरकार विरोधी नाराहरु लगाउँदै विरोध¥याली निकाल्ने तयारी गरेको छ ।