हेटौंडाः हेटौंडा–११ स्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सुरु भएको छ । आइतबारबाट सुरु भएको साधारणसभा आगामी पुस ४ गतेसम्म सञ्चालन हुने छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सहकारी विभागको निर्देशनअनुसार सहकारीले आइतबारबाट सदस्यलाई सहभागी गराउन सुरु गरेको हो ।
सहकारीका अध्यक्ष दिनेश विडारीका अनुसार सहकारीको हेटौंडा–११, थानाभर्याङस्थित कार्यालयमा मंसिर २६ गतेसम्म र हेटौंडा–११, नवलपुरस्थित शाखा कार्यालयमा मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म सदस्यलाई उपस्थिति तथा सल्लाह, सुझाव संकलन गरिने छ । आइतबार सहकारीका अध्यक्ष दिनेश विडारीको अध्यक्षतामा निवर्तमान अध्यक्ष पवन पण्डितले पहिलो सहभागीलाई उपहार प्रदान गरी साधारणसभाको उद्घाटन गर्नुभयो ।
एक हजार एक सय सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ८७ लाख ८० हजार रुपैयाँ रहेको व्यवस्थापक गोकुल श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार छ करोड १२ लाख रुपैयाँ ऋण लगानी गरिएको छ भने छ करोड सात लाख रुपैयाँ बचत संकलन गरिएको छ ।