हेटौंडाः हेटौंडा–१९, सान्नानिटार नजिक राप्तीखोलामा भेटिएको शवको सनाखत नभएपनि आफन्तहरु प्रहरी सम्पर्कमा आएका छन् । आफन्तहरु सम्पर्कमा आइसकेका कारण छिट्टै सनाखत हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।
मंगलबार अन्दाजी ४०/४५ वर्षीय एक पुरुषको शव प्रहरीले फेला पारेको थियो । नाम, थर, वतन नखुलेको शव प्रहरीले हेटौंडा अस्पतालको शव गृहमा राखेको छ ।