हेटौंडाः मकवानपुरमा बिहीबार बिहान १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार बुधबार संकलित ३७ जनाको स्वाब नमूना परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा ५ महिला र ७ पुरुष छन् । बिहीबार बिहान संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना र बारा जिल्लाको कोहल्वी स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका एकजना छन् ।