हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले करार सेवामा प्रहरी नियुक्ति गर्ने भएको छ । गाउँपालिकाले आफ्नै प्रहरी नियुक्तिका लागि मंगलबार आवेदन खुला गरेको हो । चालु आर्थिक वर्ष २०७७/०७८ का लागि करार सेवामा प्रहरी नियुक्ति गर्नका लागि आवेदन माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताउनु भयो ।

चालु आर्थिक वर्षमा प्रहरी कमाण्डर १ जना र प्रहरी जवान ४ जना नियुक्तिका लागि गाउँपालिकाले दरखास्त माग गरेको छ । १८ बर्ष पूरा भई ४५ बर्ष ननाघेका व्यक्तिबाट दरखास्त लिई परीक्षा लिएर नियुक्ति गरिने अधिकृत चौलागाईंले जानकारी दिनुभयो ।