हेटौंडाः बाग्मती प्रदेश लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारीको माग गरेको छ । आज लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारीको लागि विज्ञापन प्रकाशन गरेको हो ।
बागमती प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको लोकसेवा आयोग बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो । बागमती प्रदेशको ४४ वटा पालिका र प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।