हेटौंडाः मकवानपुरमा सोमबार ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार हेटौंडा उपमहानगरपालिकाका ८ वटा वडाका २८ जनामा, थाहा नगरपालिकाका २ जनामा, मकवानपुरगढी गाउँपालिकाका २ जनामा, बागमती गाउँपालिका २ जनामा र पर्सा ठोरी घर घई मकवानपुरमा बस्दै आएका एकजनामा कोरोना पुष्टि भएको हो ।
सोमबार १९ जना महिला र १६ जना पुरुषमा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।