सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाकी एक महिलाको आज बिहान मृत्यु भएको छ । एक हप्ता अगाडि कोरोना पुष्टि भएको ६४ वर्षकी महिलाको आज बिहान मृत्यु भएको वडासदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो ।

उपचारको क्रममा चितवनको भरतपुर पुरानो मेडिकल कलेजमा लगेर भेन्टिलेटरमा राखिए पनि थप उपचार सम्भव नभएपछि बिहीबार साँझ आफ्नै घरमा ल्याइएको थियो । प्रेसर, सुगर र दम समेत रहेकोे महिलामा कोरोना पुष्टि भएपछि समस्य बढेको थियो । उपचारको क्रममा भरतपुरबाट पनि सम्भव नभएपछि हिजो घरमै ल्याइएको वडा सदस्य श्रेष्ठले बताउनुभयो ।

महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । हेटौंडा–१० राप्तिपुलमुनि शवको अहिले अन्त्यष्टि गरिदै छ । उनका छोराहरुलाई परम्परागत रुपमा दागबत्ति दिन दिइने भएको हो ।