फाइल तस्बिर

हेटौंडाः हेटौंडाको राप्ती तटमा हुने सामूहिक छठ पुजा यस वर्ष नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छठ पुजा समारोह समितिले पर्व मनाउन अनुरोध गरेकोमा अनुमति नदिएको हो । छठ पुजा समारोह समितिको अनुरोधलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले अस्विकृत गरेको हो ।

हरेक वर्ष व्यापक जनसहभागिताका साथ हेटौंडामा छठ पर्व मनाउँदै आएकोमा यसपालि कोरोना महामारीको विषम अवस्थामा भिडभाड अत्याधिक हुने भएकाले सामूहिक छठ पुजा नहुने भएको हो ।

त्यस्तै छठ पुजा समारोह समितिले बुधबार एक सुचना जारी गर्दै भिडभाडबाट बच्न र नेपाल सरकारको निर्देशन अनुसार सावधानी अपनाउदै आ–आफ्नो घरमा पर्व मनाउन सबैमा अनुरोध गरेको छ । हेटौंडा १ को राप्ती तटमा छठ पर्वको अवलोकन गर्न १ लाख मानिसहरु आउने गरेका थिए ।