बालकुमार श्रेष्ठ, balkumars466@gmail=com (लेखक : साेसल स्टडिज टिचर्श एशाेसियसन नेपालका महासचिव एवं स्थायी मा.वि.शिक्षक हुन् )

चाडपर्वमा घरपरिवार, टोलछिमेक मिलेर साँस्कृतिक परम्परा गरिन्थ्यो । एकघरमा पाकेको मीठोचोखो छिमेकमा बाँडेर खाइन्थ्यो । टोल छरछिमेक एक घरमा जम्मा भएर गीत गाउने, नाचिने गरिन्थ्यो । यसैका लागि चाडपर्वहरू बनाइएका थिए । नेपालको समाज कृषिप्रधान थियो । नेपालमा कृषि कार्यबाट थकित भएको परिवारजनलाई एकै ठाउँमा भेट गरी सहभोज खाने परम्परा नेवारहरूको जातमा अझ धेरै थियो । चाडपर्वहरू जात्रा परम्परा नेपालमा सबैभन्दा धनी जाति हो । गुढीबाट जात्रा निकल्ने र नेवार समुदायका सबै जातलाई जिम्मेवारी बाँड्ने चलन अझैसम्म उपत्यकाका तीन शहरहरूमा प्रचलित छ । यहाँ साँस्कृतिक रूपमा धेरै बन्देज र विवाद खडा भइरहेकाले यसपालि मच्छिन्द्र नाथको रथ तान्ने एक महिने जात्रा समेत स्थगित गरियो ।

मानिसहरू धर्मान्तरण गरेर जानेहरूको संख्या वृद्धि भयो । पश्चिमाहरूले नेपालको जातीय सद्भाव र एकतालाई कुनै आर्थिक मूल्यमा बिथोल्न नसक्ने र हिन्दुधर्ममा मेक्समुलरले वेदमा भएको वैज्ञानिक पद्दति र सनातनी हिन्दु भनेको सबैभन्दा उत्कृष्ट सभ्यता रहेछ, यो कुनै धर्म नभई सनातन अभ्यास रहेछ, त्यसैले ८० प्रतिशतभन्दा बढी हिन्दु बसोवास भए पनि अन्य धर्मप्रति सहनशील भाव भएकाले यिनीहरू धार्मिक सहिष्णुता पालन गर्ने रहेछन् भन्ने कुरा लेखे, किताब छपाए, त्यसपछि युरोपियन युनियनले थाहा पाए कि जबसम्म साँस्कृतिक विनाश गर्न सकिँदैन, तबसम्म नेपालीको एकता तोड्न सकिँदैन । त्यस्तै जबसम्म नेपालीको एकतालाई तोड्न सकिँदैन, तबसम्म नेपाल जति सानो भए पनि त्यसलाई जित्न सकिँदैन ।

उसोभए नेपाललाई नजिती नहुने कारण चाहिँ के रहेछ ? नेपाल सन् १९५० सम्म क्रिश्चियन मिसिनरी र विदेशीहरूका लागि वर्जित वा निषेध स्थान हो । भीमसेन थापाको पालामा नेपाल अंग्रेज युद्धमा नेपालले सुगौली सन्धि गरेपछि व्रिटिस भारतीय रेजिडेन्ट काठमाडौंमा खोलियो, तर राजाहरूले उनीहरूलाई म्लेच्छ भन्थे र उनीहरूको औषधि खाएमा नर्क परिन्छ भनिन्थ्यो । उनीहरूलाई खुलेआम सबै ठाउँमा घुमफिर गर्न राजाको अनुमति चाहिन्थ्यो । तर २००७ सालपछि त्यो अनुमति प्रधानमन्त्रीले दिन सक्ने भयो । नेपाल सबै विदेशीका लागि अध्ययन अनुसन्धानका लागि भर्जिन ल्याण्ड हो । मुस्ताङमा युरेनियम खानी छ भनेर पत्ता लागेको केही वर्षमात्र भयो । पृथ्वीको जमिन बनेको ४ अर्ब वर्ष भयो, नेपालको भूमी टेथिस सागरमुनिको जमिन उठेर बनेको सवा दुईलाख वर्षमात्र भयो ।

त्यसैले नेपालमा हीरा, सुन, मोती, पेट्रोल आदि बहुमूल्य खनिज धेरै ठाउँमा भेटिन सक्छ । नेपालका तराईबाट प्रशस्तै काठ लगेर भारतमा रेलमार्ग बनाएका बेलायतीहरू नेपालको जडिबुटी, जङ्गल, खनिज, जलस्रोत, पर्यटनको लागि योग्य जमिन र जलवायूबाट पनि प्रसस्त फाइदा लिन चाहन्थे । यही कारण हो युरापियन युनियन र नेपाल नजिती नहुने कारण । यस्तै नेपाल जितेमा चीन हान्ने अमेरिकी नीति पनि पूरा हुने भएकोले नेपाल उनीहरू जसरी पनि आफ्नो बनाउन चाहन्छन् । भारतलाई ईण्डो प्यासिफिक रणनीतिमा सामेल गरिसकेको छ । भारतमा बेलायती शासनले रोपेको नोकर बन्ने मानसिकता अझैसम्म त्यहाँको कर्मचारीतन्त्रमा हावी छ । त्यसैले भारतमा पनि क्रिश्चियानिटी फैलिरहेको छ ।

२०४६ सालपछि पश्चिमा देशहरूले नेपालका गरिबहरूलाई एनजीओ मार्फत् पराधिन बनाउने र साँस्कृतिक मूल्यमान्यता ह्रास गराउने रणनीतिक काम शुरू भयो २०५० सालबाट नेपालमा चर्चहरूमार्फत धर्म परिवर्तन गराउने र गरिब गाउँ–गाउँमा चर्च खोलेर हिन्दु र बौद्ध संस्कृति नामेट गर्दै लगियो । यो काममा नेपालका राजनीतिक दलहरू प्रयोग भए । २०७० सालमा सङ्कलित सुझावलाई छलफलमा नल्याइकन नेपालमा गलत अर्थ प्रयोग गराउँदै धर्म निरपेक्षता घुसाइयो, त्यसपछि ईशाईकरणको क्रम तीव्र भएको हो । नेपाली परम्परा, संस्कृति, सद्भाव बिथोल्न, जाति जाति लडाउन जातीय संस्थाहरूमार्फत विदेशी लगानी गरिएको छ । जातीय नेताहरू युट्युबमा जेजस्तो ढंगले बोलछन्, ती जातिका सर्वसाधारणको धारणा बुझ्दा अझैसम्म उनीहरू त्यो नेताको माग हो, हामी जातीय राज्य चाहन्नौं भनेका छन् । २०६३ पछि जाति लडाउने काम यिनै राजनीतिक दलका नेताहरूको संरक्षणमा भइरहेको छ । यी नेतामध्ये कतिपयलाई रअ र सिबिआईको एजेन्ट भन्ने प्रमाण समेत सामाजिक अभियन्ताहरूले भनिसके ।

रूसमा कम्युनिस्ट शासन शुरू हुँदा रूसमा घडी बन्छ भने विदेशी घडि लाउनलाई एकलाख गुणा बढी मूल्य तिरेर मात्रै विदेशी घडी बाँध्न पाइन्थ्यो । त्यसैले पो रूसमा औद्योगिक विकास भयो । चीनमा पनि त्यस्तै राज्यनियन्त्रित अर्थप्रणाली भयो र त चीन अहिले विश्वको एक नम्बर बनियाँ मुलुक भयो । नेपालमा शासन चाहिँ कम्युनिष्टको अर्थप्रणाली चाहि नोकरशाही दलाल विदेशी उत्पादन आयात गर्ने परणालीको छ । कम्युनिस्टहरूको जीवनशैली हेर्दा नव सामन्तवादीको उदय भएको प्रष्ट छ । अहिलेसम्म व्यापारघाटालाई विप्रेषणले प्रतिस्थापन गरिरहेको छ, तर यसरी वैदेशिक रोजगारबाट फर्किने र उनीहरूलाई देख्नेहरूले पनि नेपाली परम्परा र संस्कृति छोड्दै गएका छन् । यो नागरिकहरूको कमजोरी हो । विदेशी च्यानल र सामाजिक सञ्जालबाट पनि पश्चिमी संस्कृतिको देखासिकी नै फैलाउँछन् नागरिक समाज । मानवअधिकार कर्मीहरूसमेत डलरमा तलब खाने पश्चिमी एजेन्ट निस्किए, तर नेपाल सरकार मौन छ ।

यसैले नेपाल अब युद्धको मैदान बन्दैछ । एमसिसि पास गर्न टाउकेहरू जसरी धर्म निरपेक्षमा अर्बाैंमा विके भन्ने आरोप छ, अहिले पनि एमसिसिमा त्यही हुनसक्छ । पहिले पहिले चाडपर्वमा सामाजिक क्रियाकलाप धेरै हुन्थ्यो, अहिले मजाले सरकारले मठमन्दिर बन्द गरिदिएको छ, थर चर्चहरू प्रत्येक हप्ता खोलेर भिडभाड गरेर मजाले सञ्चालन भैरहेको छ । कोरोना त नेपाल सरकारलाई धर्म परिवर्तन गराउने विदेशी एजेन्टलाई खुशी पार्ने औजार पो भैरहेको छ । शक्ति पिठ र गुम्बाहरू बन्द भयो कि भएन भनी प्रशासनले ड्युटी गर्ने, चर्चहरूमा भएको भीडभाडसम्म पनि नियन्त्रण नगर्ने । यो नीति आफै प्रमाण हो कि नेपाली संस्कृति र सभ्यता माथि पश्चिमी सभ्यता र संस्कृतिको सौता हालिँदैछ ।

सर्वसाधारण पनि यतिसम्म सुविधाभोगी भए कि आफ्ना सन्तानलाई समेत चाडपर्वमा गर्ने संस्कृति सिकाउन छोडेर कि जुवातासमा, कि मोबाइलमा कि खानपनमा नै व्यस्त भए । दशैं होलिडे होमवर्क ४ हरफ लेख भन्दा त किताब पढ्न नमान्ने, अनलाइन होमवर्क गर्न नमान्ने विद्यार्थीका बाबुआमाले भगवत गीता, वेद, पुराणमा भएको अध्यात्मको वैज्ञानिक व्याख्या र चाडपर्वको व्यावहारिक महत्वको के चिन्तन मनन् गर्न सक्ला र ? अभिभावकको नै के कुरा गर्नु शिक्षित अभिभावक, शिक्षक र कर्मचारी वर्गबाटै सामाजिक सञ्जालमा लेख हाल्यो भने मुस्किलले ५०-५२ जनाले प्रतिक्रिया जनाउँछन्, त्यो पनि पढेर हो कि होइन थाहा हुन्न । तर फोटो हालेमा ३०० सम्म प्रतिक्रिया हुन्छ । यसरी नै बुझ्न सकिन्छ कि विवेकको होइन आँखाको प्रयोग बढी भैरहेको छ । त्यो आँखाको हेराइलाइ विदेशी भौतिकवादले गाँजेको छ, व्यवहारलाई सोचले निर्देशित गरेको छ ।

अहिले हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार घरदैलोमा आउँदैछ । नेपाली भान्सामा आलु प्याज महङ्गिएको छ । तर वाणिज्य तथा आपूर्ति मन्त्रीले कुनै एक्सन लिएको पाइन्न । कोरोनाको त्रासमा जे जे संस्कृति माथि भएको प्रत्याक्रमण पनि सही हो भन्न सकिन्न । नेपालको फुलले उच्च बजार पाएको छैन । ईण्डियाबाट भित्र्याइको पट्का र आताशवाजीहरू १० दिन अगाडिबाट पड्किन थालेका छन् । जे हुँदैन भन्यो त्यहि गर्नुपर्ने । कोरोना प्यासेन्टको निशुल्क उपचार गर्न सक्दिन भनेर सरकार लाचार भएको छ । नागरिकलाई नियम लगाइ मठमन्दिर, स्कुलकलेज बन्द गराउन भने शक्तिशाली छ यो सरकार । यस्तो नीति हुने देशका जनताले साँस्कृतिक रितिरिवाजलाई आफ्नो सम्पत्ति ठान्न नसकेर गति छोड्नुमा के नौलो कुरा भयो र ? चाडपर्व मनाउने शैली फेरियो, साँस्कृतिक अतिक्रमण गराइयो ।

यदि यो सरकारहरू धर्मलाई अफिम मानेर कार्लमाक्र्सलाई देखाएर पन्छिन्छन् भने पनि हिन्दु सनातन त संस्कृति हो धर्म नै होइन, अभ्यास हो भनिएको छ जर्मनीको मेक्समुलरले । फेरि “मास्र्किजम इज नट अ डग्मा, इट इज लाइन अफ एक्सन” भनिएको छ यसको व्खाख्यामा । अनि माक्र्सवाद कसरी निरपेक्ष हुनसक्छ ? नेपालको सापेक्ष व्याख्या गरेर साँस्कृतिक मुल्यमान्यता र व्यवहारको संरक्षण गर्न सकिन्न र ? त्यसकारण यहाँ समय र परिस्थिति अनुकुल व्याख्या गर्ने सत्ताधारीले नेपाली जनतालाई एकतावद्घ रूपमा सामाजिक साँस्कृतिक रूपमा बाँधेर राख्न सक्नुपर्छ । नागरिकले पनि विदेशमै बसे पनि नेपाली चाडपर्व र संस्कृतिमा रहेको वैज्ञानिक पक्षलाई महत्व दिएर पालना गर्नैपर्छ । सम्पूर्णमा तिहार, नेपाल सम्वत र छठपर्वको शुभकामना !!! (लेखक सोस्टा नेपालका महासचिव एवम् श्री सिद्धार्थ मावि हेटौंडाका सामाजिक विषय विघागका संयोजक हुनुहुन्छ ।)