हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा मङ्गलबार बिक्रम कुमार बानियाँको अध्यक्षतामा वनस्खण्डी युवा क्लब गठन गरिएको छ । फुटबल खेलाडी बानियाँको अध्यक्षतामा गठन गरिएको क्लबको उपाध्यक्षमा होमप्रसाद भण्डारी (विवेक), सचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा समीर वक्स, सह–सचिवमा उर्मिला न्यौपाने र सह–कोषाध्यक्षमा समाज अमुगाई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विजयलाल थिङ, सपना कार्की, आशिष पौडेल, उर्मिला बिश्वकर्मा र गौरव श्रेष्ठ चयन भएका छन् । अध्यक्ष बानियाँले युवा क्लबले खेल क्षेत्रको विकास र युवालाई सामाजिक कार्यमा क्रियाशील गराउने बताउनु भएको छ ।