हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालयमा नियमित पठनपाठन सुरु भएको छ । आइतबार गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकको भेलापछि सोमबारबाट विद्यालय सुचारु भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीबीच भौतिक दूरी कायम राखी डेक्समा सीमित विद्यार्थी राखेर पठनपाठन सुचारु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । विद्यालयले आधा विद्यार्थीलाई एकदिन र आधा विद्यार्थीलाई अर्को दिन कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सुचारु गरेको छ । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालय छन् ।