हेटौंडाः मकवानपुरमा बुधबार २७ जनामा कोरोना भइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार १० महिला र १७ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
मंगलबार संकलित ४६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका मध्ये २५ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने बकैया र मनहरी गाउँपालिकाका १/१ जना छन् । यसैबीच बुधबार बिहान ६९ जनाको स्वाब सङ्कलन गरिएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।