हेटौंडाः मकवानपुर जिल्लामा सोमबार दिउँसो २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार १४ जना महिला र १० जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार सङ्कलन गरिएको ५५ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १८ जना, मनहरी गाउँपालिकाका ५ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना छन् । यसअघि सोमबार बिहान पनि ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।