हेटौंडाः मकवानपुरमा आज ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज दिउँसो हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार २६ महिला र ४१ पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज हेटौंडा उपमहानगरपाकिलाका ५७ जना, भीमफेदीका २ जना, मनहरीको १ जना, थाहा नगरपालिकाका ४ जना, मकवानपुरगढीका २ जना र काठमाडौं ठेगाना भई हाल मकवानपुरमा बस्दै आएका १ जनामा पनि कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।