हेटौंडाः कोरोना भाइरसको सङ्क्रमणबाट हेटौंडा–१०, राप्तीरोडका ५० वर्षीय पुरुषको आज मृत्यु भएको छ । उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा आज दिउँसो साढे १२ बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
एक साताअघि स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा भर्ना भएका पुरुषको आज मृत्यु भएको हो । एक साताअघि टाइफाइडसम्बन्धी समस्या हुनुका साथै स्वासप्रश्वासमा समस्या भएपछि कोरोना परीक्षणका लागि हेटौंडामै स्वाब नमूना दिएर एम्बुलेन्समा पाटन गएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि अति सघन उपचार कक्ष (आइसियु) मा उपचार गराउनुका साथै दुईपटक प्लाज्मा थेरापी समेत गरिएको थियो ।