मंगलबार बिहान सार्वजनिक भएको विवरण ।

हेटौंडाः मकवानपुर जिल्लामा आज ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहान हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले एकजना तेस्रो लिंगीसहित २७ महिला र ४३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका ६६ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, गोरखा, डडेल्धुरा र बारा जिल्लाका १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–११ का १५ जना, हेटौंडा–९ का १३ जना, हेटौंडा–५ का ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।