हेटौंडाः मकवानपुरमा सोमबार ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार सङ्कलन गरिएको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ ।

सोमबार २१ जना पुरुष र १४ महिलामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका ३३ जना, बारा र बझाङ जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुरमा बस्दै आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।