फाइल तस्वीर ।


हेटौंडाः जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा ३ दिने औषधी व्यवस्थापन तालिम बुधबारबाट सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै सामजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक सतिष बिष्ट, प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको पनि उपस्थिति रहेको थियो ।

तालिममा जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ । तालिमबाट प्रत्येक पालिकाहरुले आफ्नो मौज्दात औषधीहरुको इलेक्ट्रोनिक सिस्टममा अपडेट गर्ने र आगामी दिनमा जिल्लाका सबै पालिकाहरुले औषधीहरुको अभिलेख तथा प्रतिवेदन विद्युतीय प्रणाली मार्फत गर्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । यूएसएआइडीको सहयोगमा ३ दिने औषधी व्यवस्थापन सम्बन्धी तालिम हेटौंडामा भइरहेको छ ।