हेटौंडाः मकवानपुर जिल्लामा बिहीबार बिहानै ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार २० महिला र २४ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरका ३२ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका १ जना सङ्क्रमित भएका छन् भने मकवानपुरमै बस्दै आएका चितवन र पर्सा जिल्लाका १/१ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।