हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोपालबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठलाई बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा वडा अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सामान्य लक्षण देखा परेपछि परीक्षण गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । अहिले होम आइसोलेसनमै रहेको र परिवारका सदस्यको पनि कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको उहाँले बताउनुभएको छ । श्रीमतिलाई पनि सामान्य लक्षण देखिएको र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिनुहुँदै वडा अध्यक्ष श्रेष्ठले अब परिवारका अन्य सदस्यको पनि परीक्षण गरिने बताउनुभएको छ ।