हेटौंडाः मकवानपुर प्रहरीले २२९ किलो लागुऔषध गाँजा बरामद गरेको छ । बुधबार अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरीको टोलीले भिमफेदी गाउँपालिका–९ ढुङगेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको ९ वटा बोरामा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
बोराहरू खोली हेर्दा १८ वटा बण्डल बनाई प्लाष्टिकमा प्याकिङ् गरी राखेको लागूऔषध गाँजा २२९ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।