शल्यक्रिया गर्दै गर्दाको दृश्य । तस्वीरः डा. प्रदेज सापकोटा ।

हेटौंडाः अति सघन उपचार कक्ष (आइसियु) र शिशुका लागि पनि एनआइसियुसहित सञ्चालनमा आएको हेटौंडा–१ स्थित सञ्चो अस्पतालमा मंगलबार ८ महिने शिशुको हर्नियाको शल्यक्रिया गरिएको छ ।

सर्जन डा. प्रदेज सापकोटाको नेतृत्वमा बाल स्वास्थ्य विशेषज्ञ डा. राजु सेढाई, एनेस्थेसिया डा. सुवास लामिछानेसहितको चिकित्सकको टोलीले करिब एक घण्टामा शिशुको शल्यक्रिया गरेको हो । भीमफेदी गाउँपालिका–२, कालिटारका रोहन सावुको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एनआईसियु सुविधा भएका कारण हर्नियाको शल्यक्रिया गर्न सम्भव भएको सर्जन डा. सापकोटाको भनाइ छ ।