Home मुख्य समाचार नर्सिङ संघ मकवानपुरद्वारा आइसोलेसन वार्डमा उपचाररतलाई सहयोग

नर्सिङ संघ मकवानपुरद्वारा आइसोलेसन वार्डमा उपचाररतलाई सहयोग

हेटौंडाः नर्सिङ संघ मकवानपुरले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित महिलाहरुलाई सहयोग गरेको छ । आइसोलेसन वार्डको निरीक्षण समेत गर्दै नर्सिङ संघ मकवानपुरका पदाधिकारीले उपचाररत १६ जना महिलालाई सेनेटरी प्याड ५० थान सहयोग गरेको छ ।

आइसोलेसन वार्डको व्यवस्थापन सबै सन्तोषजनक भए पनि फोहर व्यवस्थापनमा भने ध्यान दिनुपर्ने अवस्था रहेको नर्सिङ संघ मकवानपुरकी अध्यक्ष कुन्ता दाहालले जानकारी दिनुभएको छ । आइसोलेसन वार्डमा कोरोना संक्रमित ८४ जना पुरुष र १६ जना महिला उपचाररत छन् ।

Exit mobile version