Home मुख्य समाचार भीमफेदी कारागारका १७ जनालाई कैदमाफी गर्न सिफारिस

भीमफेदी कारागारका १७ जनालाई कैदमाफी गर्न सिफारिस

हेटौंडाः संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १७ जना कैदीलाई कैद माफी दिन कारागार कार्यालयले सिफारिस गरेको छ । कारागार कार्यालयले गरेको सिफारिसका आधारमा संघीय सरकारले कैदीको कैद माफीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

सरकारले आज २ सय ८९ कैदीको सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवसको अवसरमा ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नकारात्मक अपराधको सूचीमा नपरेकालाई सिफारिस गरिएको भीमफेदी कारागारका प्रमुख मदन लामाले जानकारी दिनुभएको छ । भोलि असोज ३ गते शनिबार संविधान दिवस मनाइँदै छ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई बाँकी कैद माफी गर्ने गरिएको छ ।

Exit mobile version