Home अन्तरवार्ता विज्ञानका अब्बल विद्यार्थीको पलायन रोक्न सकिन्छ

विज्ञानका अब्बल विद्यार्थीको पलायन रोक्न सकिन्छ

राजकुमार गौतम, उपप्राध्यापक विज्ञान संकाय मकवानपुर बहुमुखी क्याम्पस

नेपाल सरकारले २०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु गरेको छ । आज असोज १ गते आठौं विज्ञान दिवस हो । आधुनिक समय विज्ञानको अध्ययन, अनुसन्धान र विज्ञानको उपयोगिता बिना कल्पना पनि गर्न सकिने अवस्था छैन । विज्ञानका नवप्रवर्तनले आधुनिक समाजलाई सरल मात्रै बनाएको छैन, उत्तिकै चुनौतिपूर्ण पनि बनाएको छ । सातौं राष्ट्रिय विज्ञान दिवसकै अवसरमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक राजकुमार गौतमसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः २०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । नेपालमा यो दिवसको तपाई जस्ता विश्वविद्यालय तहमा अध्यापनरत व्यक्तित्वहरु र विद्यार्थीहरुका लागि कस्तो लाभको अवस्था हुन्छ ?
गौतमः २०७० सालबाट राष्ट्रिय विज्ञान दिवस मनाउने जुन सरकारले निर्णय गर्‍यो यसबाट यो विज्ञानसँग सम्बन्धी सबै विज्ञानका विद्यार्थीहरु एउटा नयाँ हौसला र ऊर्जा प्रदान गरेको छ ।

समाजः गतवर्ष बागमती प्रदेश सरकारले पनि हतार हतारमा भएपनि विज्ञान दिवस मनाएको थियो । यो वर्ष चाहीँ प्रदेश सरकारको तर्फबाट त्यस्ता केही कार्यक्रम भएको जानकारीहरु पाउनु भयो कि भएन ?
गौतमः गतवर्ष विज्ञान दिवस मनाइएको थियो । विज्ञान प्रदर्शनी पनि भएको हो । हामीलाई धेरै उत्साह पनि भएको थियो । हामीले त्यहाँ गएर कार्यपत्र प्रस्तुत गर्नेसम्मको कार्यक्रमहरु भएको हो । हामी अलिकति बढी उत्साहित भएको हो गतवर्ष । यस वर्ष कोभिडको कारणले सायद यस्ता खाले कार्यक्रम भएको जानकारी आएको छैन ।

समाजः हाम्रो जस्तो अविकसित मुलुकको सन्दर्भमा विज्ञान अध्ययन र अनुसन्धानमा के कस्ता क्रियाकलापहरु भईरहेका छन् र त्यसमा कस्ता सुधारको आवश्यकता देख्नु हुन्छ ?
गौतमः यसमा धेरै त नभनौं केही अध्ययन, अनुसन्धान भईराखेका छन् । विश्वविद्यालय तह अन्तर्गत हाम्रो जुन वैज्ञानिक अध्ययन, अनुसन्धानहरु छन् । ती कुराहरुलाई नीतिगत तहमा प्रयोग गरेको पाइएको छैन । नीतिगत वर्गले जुन वैज्ञानिकले अध्ययन गरेर निष्कर्ष निकालेको हुन्छ त्यो विज्ञानको विकासमा प्रयोग गर्न नसकेको जस्तो लाग्छ । मैले पनि बाहिर गएर अध्ययन गर्ने मौका पाएँ । त्यहाँ हेर्दाखेरी एउटा विश्वविद्यालय तहभन्दा तलको तहको स्नातक तहको विद्यार्थीहरुको अध्ययनलाई पनि त्यहाँ स्थानीय सरकारले आत्मसात गरेर त्यो अध्ययन, अनुसन्धान के हो त भनेर त्यसलाई पनि प्रयोगमा ल्याएको छ । यदि हामीले गरेका अध्ययन, अनुसन्धान हाम्रा नेपाली वैज्ञानिकहरुले गरेका विभिन्न खाले अध्ययन अनुसन्धानहरु छन् । त्यसलाई पनि सरकारले नीतिगत तहमा स्थानीय तहदेखि नै त्यसलाई खोजी गर्ने हो भने अझैपनि नेपालका वैज्ञानिकहरुले, विज्ञानका विद्यार्थीहरुले त्यस्ता खोजमूलक कार्य गर्न उत्साहित हुनेथिए ।

समाजः विद्यार्थीको हौसलाको कुरा जोड्नु भयो । विज्ञान विषयका अब्बल विद्यार्थीहरु विकसित मुलुक अमेरिका, यूरोप नै पलायन भएका र त्यतै स्थापित भएका देखिन्छ । उनीले नेपालमा अथवा देशमा विकास लागि विज्ञानको विकासमा भूमिका निर्वाह गर्न नसकेको देखिन्छ नि होइन ?
गौतमः प्रायःजसो विद्यार्थीहरु स्नातक तहको अध्ययन पूरा गरिसकेपछि नेपालमा केही हुन्न भन्ने विद्यार्थीहरुमा एक किसिमको भ्रण छ । तर पनि जुन यो सरकारले विज्ञान दिवस अहिले विज्ञानमा अलिकति बजेट छुट्याउने विज्ञान र प्रविधि नवप्रवर्तनका लागि बजेट छुट्याउने काम गरेको छ । त्यसले विस्तारै विद्यार्थीको पलायन हुने दरलाई रोक्छ । तर अहिलेसम्म त्यही नै हो । विदेश पलायनको क्रम जारी छ ।

समाजः तपाई मकवानपुर बहुमुखी क्याम्पसमा प्रध्यापनरत हुनुहुन्छ । मकवानपुर बहुमुखी क्याम्पस जस्ता शैक्षिक संस्थाले विज्ञान विषयको प्रवद्र्धन र विकासमा कस्तो भूमिका निर्वाह गरिराखेको छ ? भूमिका अझै बढाउन के गर्न जरुरी देखिनु हुन्छ ?
गौतमः
मकवानपुर बहुमुखी क्याम्पस स्नातक तह विज्ञान पढाउने एउटा सामुदायिक क्याम्पस हो । बजेटको अभावका कारण विज्ञानको समुचित विकास हुन सकेको छैन । हामीलाई त्यस्ता आर्थिक सहयोगहरु कतैबाट नभएको र क्याम्पसको आयस्रोतबाट क्याम्पस सञ्चालन गर्नुपर्ने अवस्थाका कारण हामीले सोचेको जस्तो गर्न सकेका छैनौं । तर के छ भने यस्ता नेतृत्वदायी संस्थाहरुले जुन स्नातक तहसम्म विज्ञान विषय पढाउँछ । यस्ता संस्थाले विज्ञान सम्बन्धी प्रवर्धन कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । अरुको नजरमा उदाहरण भएर हामीले नेतृत्व गर्नुपर्ने हो । आर्थिक अभावले गर्दाखेरी त्यसरी अगाडि बढ्न सकेका छैनौं ।

Exit mobile version