हेटौंडाः हेटौंडामा २ चरणमा खुलाइएको बजार अब १ घण्टा बढी खुल्ने भएको छ । हेटौंडामा भोलि असोज १ गतेदेखि बजार खुल्ने समय हेरफेर भएको हो ।आज बिहान बसेको जिल्ला कमान्ड पोष्टको बैठकले बिहान ९ बजे सम्म खुल्न पाउने खाद्यान्न पसलहरु, डेरी पसलहरुलाई बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।त्यस्तै अन्य पसल व्यवसाय दिउँसो ३ बजेसम्म खुल्ने गरेकोमा १ घण्टा थप गरेर दिउँसो ४ बजेसम्म खुल्न दिने भएको हो ।

भोलीबाट हेटौंडामा सवारीसाधनमा लगाइएकोे जोर बिजोर प्रणाली हट्ने भएको छ । होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन गर्ने पाउने तथा उद्योगहरु तिन सिफ्टमा सञ्चलान गर्न पाउने आज बसेको जिल्ला कमान्ड पोष्टले निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।