प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ।

हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । सोमबार अपराहन्न ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालु वर्षकै हाराहारिमा (६६ अर्ब रुपैयाँ) को बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । सरकारले चालु आर्थिक वर्षको कुल बजेटमा ७४ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।

यसअघि बागमती प्रदेशको मन्त्रीपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत भएको थियो । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषदु बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो ।