हेटौँडा : सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८, सालघारीमा घर निर्माणको क्रममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–७, कत्लेका ५१ वर्षीय तिलक बहादुर मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा फलामको रड उचाल्दा विद्युतको नाङ्गो तारमा छोएर करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । घाइते मगरलाई उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारका क्रममा दिउँसो २ बजेर ४० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











