Home अर्थ/व्यापार ट्रयाम्फ मोटरसाइकल शोरुम सञ्चालन

ट्रयाम्फ मोटरसाइकल शोरुम सञ्चालन

आइतबार शोरुमको उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडामा ट्रयाम्फ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ । शोरुमका सञ्चालक रवि शर्मा कँडेलले शनिबार पत्रकार सम्मेलन गरेर शोरुम तथा मोटरसाइकलका बारेमा जानकारी गराउनुभयो । आज आइतबार विधिवत रुपमा शोरुमको उद्घाटन गरिएको छ । शोरुम हेटौँडा–११, थानाभ¥याङस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सञ्चालन गरिएको छ ।

सञ्चालक कँडेलका अनुसार ट्रयाम्फ मोटरसाइकलका ३ वटा भेरियन्टहरु नेपाली बजारमा आएका छन् । मोटरसाइकलको सुरुवाती मूल्य ६ लाख ७० हजार रहेको छ भने भेरियन्टअनुसार मूल्यमा थोरै फरक पर्नेछ । बालुवा, हिलो तथा सुखा सडकमा सजिलै गुडाउन सकिने मोटरसाइकलको मुख्य विशेषता रहेको छ । मोटरसाइकलको माइलेज २८ किलोमिटर प्रतिलिटर रहेको छ ।

मोटरसाइकल उत्पादन गर्ने ब्रिटिस कम्पनी भए पनि भारतमा बजाज कम्पनीसँग मिलेर उत्पादनहरु गर्दै आएको शोरुमका सञ्चालक रवि कँडेलले बताउनुभयो । नेपालको काठमाडौं, चितवन र विराटनगरलगायतका ठाउँमा मात्र पाइने ट्रयाम्फ मोटरसाइकल अबदेखि हेटौँडाबाट पनि बिक्री हुने भएको छ ।

Exit mobile version