Home समाज हात्तिपाइले रोग पीडित जीतबहादुरलाई वडा अध्यक्ष थापाको सहयोग

हात्तिपाइले रोग पीडित जीतबहादुरलाई वडा अध्यक्ष थापाको सहयोग

हात्तिपाइले रोग पीडित जीतबहादुरलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष राजन थापा ।

हेटौंडाः हात्तिपाइले रोगपीडित हेटौंडा–७ का जीतबहादुर तामाङलाई ७ नम्बर वडा अध्यक्ष राजन थापाले २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौंडा अस्पतालमा उपचाररत तामाङलाई अस्पतालमै भेटेर थापाले सहयोग गर्नुभएको हो ।

हात्तिपाइले रोगबाट दायाँ खुट्टामा गम्भीर असर गरिसकेको तामाङ तीन महिनादेखि हेटौंडा अस्पतालमा उपचाररत हुनुहुन्छ । वडा कार्यालयले मानवसेवा आश्रमसँगको समन्वयमा एकजना हेरालु नै राखेको छ ।

Exit mobile version