हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा मकवानपुरका कृष्ण कटुवाल निर्वाचित हुनुभएको छ । बुधबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट कटुवाल दोस्रो कार्यकालका लागि महासंघको सदस्यमा निर्वाचित हुनुभएको हो ।
जिल्ला नगरतर्फ १५ वटा सदस्य निर्वाचित भएकोमा उहाँले चौथो स्थान हासिल गर्नुभयो । कुल १२९ मतमध्ये कटुवालले १०५ मत प्राप्त गर्नुभयो । जिल्ला नगरतर्फ २२ जनाले उम्मेदवारी दिएका थिए । कटुवालसँगै भुगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिए मकवानपुरका राजकुमार न्यौपाने पराजित भएका छन् । कटुवाल मकवानपुर उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ ।
