Home मुख्य समाचार डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण

डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण

डेंगी रोगको संक्रमण फैलाउने लामखुट्टे नियन्त्रण गर्न प्रयोग गरिने उपकरण हस्तान्तरण गरिँदै ।

हेटौँडा : डेङ्गी संक्रमण नियन्त्रण गर्न रोटरी क्लब अफ हेटौँडाले हेटौँडा–८ लाई डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । मंगलबार वडाध्यक्ष रामकृष्ण थापालाई उपकरण हस्तान्तरण गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

वडा नम्बर ५ र ६ मा वितरण गरिसकेको र वडा नम्बर ८ सहित अन्य वडाहरुलाई वितरण गर्न लागिएको डेङ्गी नियन्त्रण उपकरणले संक्रमित क्षेत्रहरूमा रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने अध्यक्ष प्रधानले बताउनुभयो । लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपकरणहरू फगर मेसिन, सुरक्षात्मक पोशाक स्प्रेइङ सेटहरु हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरणसहित त्यसको सही प्रयोगबारे प्राविधिक अभिमुखीकरण समेत गरिएको थियो ।

उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका सचिव रामबाबु थापा तथा पदाधिकारीसहित रोटरी क्बल अफ मकवानपुरका पूर्वअध्यक्ष कविन सांगमीको उपस्थिति रहेको थियो । वडाध्यक्ष रामकृष्ण थापाले स्वास्थ्यका लागि स्थानीय तहले चाल्ने कदमलाई अझ प्रभावकारी बनाउन सहयोगी संस्थाहरूको समन्वय आवश्यक रहेको बताउनुभयो ।

Exit mobile version