Home मुख्य समाचार नेपाली राजनीतिको विगत र वर्तमान

नेपाली राजनीतिको विगत र वर्तमान

सामान्य रुपमा राजनीति भनेको राज्यको नीति, व्यवस्थापन र संचालन गर्ने व्यवहारगत प्रक्रिया हो, जसले सर्वसाधारणको हित, सामाजिक कल्याण र राष्ट्रिय विकासको नेतृत्व गर्दछ । राजनीति समाज परिवर्तन र विकासको लागि आवश्यक सिद्धान्त, त्याग र सेवामूलक कार्य हो, जसले विभिन्न बिचारहरुलाई एकीकृत गरी देशको वृहत्तर हितमा काम गर्दछ । नेपाली राजनीतिको विगतको अवस्थालाई केलाउँदा संघर्ष, परिवर्तन र ठूला जनआन्दोनहरु स्मरण गरी उक्त संघर्ष, परिवर्तन र जनआन्दोलनहरुले देखाएको मार्गदर्शनलाई आत्मसात गर्न अति आवश्यक छ । नेपाली राजनीतिका विगतका कालखण्डहरु तल प्रस्तुत गरिएको छ :

२००७ सालको क्रान्तिले १०४ वर्षे जहानियाँ राणाशासन जसको शक्ति एउटै परिवारमा सीमित हुने, जनताहरुलाई अधिकारबाट बञ्चित गरिने शासन प्रणालीको अन्त्य भई प्रजातान्त्रिक युगको बिजारोपण भएको मानिन्छ । प्रजातन्त्रको अनुभूति जनताको अमूल्य मतबाट प्रथम पटक प्रतिनिधि चयन गरी जननिर्वाचित सरकारको गठनलाई लिन सकिन्छ । जननिर्वाचित सरकारको काम चलिरहेको समयमा उक्त सरकार र दलिय व्यवस्था अन्त्यको कठोर कम्पनले राजनीतिक स्थिरतालाई निषेध गरिएको र राजा महेन्द्रद्वारा निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात भएको कालखण्डलाई लिन सकिन्छ । राजाद्वारा गरिएको प्रथम राजनीतिक कुशासनको कारण जनमानसमा निराशा व्याप्त भएको र उक्त समयमा पनि राजनीतिक स्थिरता कायम हुन नसकेको इतिहासकारहरुले विश्लेषण गरेका छन् ।

२०४६ सालको प्रथम जनआन्दोलनले राजा महेन्द्रद्वारा ल्याइएको निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरी पुन : प्रजातन्त्र प्राप्त भएको हो । यस आन्दोलनले राजनीतिक स्थिरता कायम हुने आशा गरेको भएतापनि अस्थिरता र चरम राजनीतिक बेथितिले गर्दा जनताको अवस्थामा आमूल परिवर्तन आउन नसकेको कुरा जगजाहेर नै छ । यस समयमा नेपाली इतिहासमा केही घट्ना घट्न पुग्यो जसले गर्दा हाल महाकाली तिर सीमा विवाद रहेकोले सरकारको कमजोरीको रुपमा बुझ्न सकिन्छ । सशस्त्र द्वन्द्व र २०६२/६३ को जनआन्दोलनले जनलाई अधिकार सम्पन्न गराउने भन्दै नेकपा माओवादीले गरेको जनयुद्ध र २०६१ माघ १३ को राजाको अलोकतान्त्रिक कदमले सात राजनीतिक दल हितको जनआन्दोलनले २४० वर्षे राजतन्त्र हटाएर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । नेपाली जनताले छानेको प्रतिनिधि मार्फत संविधान निर्माण भयो तर प्रत्येक राजनीतिक आन्दोलनले देखाएका मुख्य मुद्दाहरु सधैँ ओझेलमा परेको देखिएको छ । यसको एकमात्र मुख्य कारक तत्व नै राजनीतिक अस्थिरता भएको प्रष्ट हुन्छ ।

२०८२ भाद्र २३ र २४ को जेनेरेसन-जेड बिद्रोहले परम्परागत सत्तामा बसेर आफू अनुकूलको गठबन्धन गर्ने, भष्ट्राचार लुकाउन मद्धत गर्ने जस्ता विकृतिको अन्त्यको मार्गदर्शन प्रदान गरेर युवा नेतृत्वलाई झण्डै दुई तिहाइ सहितको सरकार गठन त भएको छ तर यसमा देखिएका चुनौतिहरु निम्नानुसार छन् :

१. सुशासन र भ्रष्टाचारको चुनौती :
ठूला भ्रष्ट्राचारका काण्डहरु र त्यसमा राजनीतिक संरक्षणको आशंकाले राज्यका निकायहरु कमजोर बनेको प्रष्ट छ ।
राजनीतिक दलभित्र योग्यता भन्दा आफ्ना मान्छे र ‘चाकरी’ गर्नेलाई प्राथमिकता दिने संस्कारले सुशासनमा बाधा पुर्‍याएको प्रष्ट देख्न सकिन्छ ।
२. जनविश्वासमा ह्रास र वितृष्णा :
पुराना राजनीतिक दलहरुले जनअपेक्षा पूरा गर्न नसक्दा
नागरिकमा बढेको निराशा जसले गर्दा नयाँ राजनीतिक शक्तिको उदयले परम्परागत नेतृत्व र शक्तिमाथि चुनौती थपिएको देख्न सकिन्छ ।
देशमा राजनीतिक र आर्थिक भविष्य सुनिश्चित नदेखिएकाले युवा शक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् जसलाई रोक्नु सबैभन्दा ठूलो चुनौती भएको प्रष्ट छ ।
३. संघीयता कार्यान्वयन र शक्ति संघर्ष :
अधिकार बाँडफाँड र स्रोत परिचालनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव भएको जगजाहेर विषय हो ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागलाई पुराना राजनीतिक दलहरुले महत्वपूर्ण स्थान प्रदान गर्नं नसक्नुले दलहरु विवादमा अल्झने गरेको प्रष्ट छ ।

माथि उल्लेख गरिएका चुनौतीहरुलाई वर्तमान युुवा सरकारले चिर्न सके मुलुक र जनतालाई वास्तविक राजनीतिको अनुभूति भई जनतालाई वास्तविक राजनीतिको अनुभूति भई जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र देशको वृहत्तर दिगो विकासले सम्भव हुन्छ ।

Exit mobile version