Home मुख्य समाचार सिन्धुलीमा स्कुटर दुर्घटना : हेटौँडाका बिकेशको उपचारको क्रममा मृत्यु

सिन्धुलीमा स्कुटर दुर्घटना : हेटौँडाका बिकेशको उपचारको क्रममा मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुलीको कमलामाई नगरपालिका–२ तेहसयस्थित बीपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा गढीबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.प्र ०१–०१६ प ५४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक हेटौँडा–६ का २५ वर्षीय आदर्श चौलागाई र पछाडी सवार ३९ वर्षीय बिकेस घिमिरे घाइते भएका थिए । दुर्घटनामा स्कुटर चालक चौलागाई सामान्य घाइते भएका थिए भने पछाडि सवार घिमिरे गम्भीर घाइते भएका थिए । घाइते घिमिरेलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उपचारका क्रममा मंगलबार साँझ ६ बजेर ५५ मिनेटको समयमा चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घाइते स्कुटर चालक चौलागाईलाई जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचारपछि सोमबार डिस्चार्ज गरिएको र हाल ह्याम्स अस्पतालमै फलोअपमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version