Home अर्थ/व्यापार निजी क्षेत्रका बजार प्रतिनिधिहरुलाई सचेतना

निजी क्षेत्रका बजार प्रतिनिधिहरुलाई सचेतना

हेटौंडा : निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा बजार प्रतिनिधिको रुपमा कार्यरत श्रमिकहरुलाई कानुनी व्यवस्थाका बारेमा श्रम कार्यालय हेटौँडाले सचेतना कार्यक्रम गरेको छ । शनिबार श्रम तथा रोजगार कार्यालय हेटौँडाको आयोजनामा मकवानपुरका विभिन्न निजी क्षेत्रमा कार्यरत करिब २५ जना बजार प्रतिनिधिहरुलाई श्रेम ऐनले गरेका श्रमिकका अधिकार, बिदालगायतको व्यवस्थाबारे सहजीकरण गरिएको हो ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय मकवानपुरका प्रमुख रुद्रनारायण झा र सामाजिक सुरक्षा कोषको कार्यालय बाराका प्रमुख सुमन गुप्ताले श्रमिकका अधिकार तथा सामाजिक सुरक्षा कोषमा आबद्धताका विबिध पक्षबारे सहजीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले आफ्ना समस्या तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि आवश्यक ज्ञानबारे अन्तरक्रिया गरेका छन् ।

Exit mobile version