Home मुख्य समाचार सिन्धुली र चितवनमा ३ जनाको मृत्यु

सिन्धुली र चितवनमा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको धादिङ र चितवन जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै घटानमा चितवनमा दुई जनाको र धादिङमा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुलीको थाक्रे गाउँपालिका –६ नौकिलामा उपचारको क्रममा एक जना महिलाको मृत्यु भएको छ । स्थानिय ४२ वर्षीय जमुना माया अर्यालको काठमाडौंको टिचिङ अस्पतालमा बुधबार राति साढे १० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्याल बुधबार आफ्नै घरमा एक्कासि बेहोश भएपछि अस्पताल लगिएको थियो । उनी प्रेसर र सुगरको बिरामि रहेको र नियमित औषधी सेवन गरी रहेको प्रहरीको प्रारम्भि अनुसन्धानबाट बुझिएको छ ।

चितवनको भरतपुर महानगरपालिका –१२ स्थित रामबेल सामुदायिक वनभित्र रहेको राईनो तालमा माछा मर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानिय ६३ वर्षीय बेल बहादुर परियारको तालमा डुबेर मृत्यु भएको हो । भरतपुर सरकारी अस्पतालका डाक्टरले बुधबार दिउसो १२ बजेर १० मिनेटको समयमा परियारलाई मृत्त घोषणा गरेको हो ।

यस्तै, बुधबार चितवनकै राप्ती नगरपालिका –७ बिरेन्द्रनगरमा बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग सडकखण्डमा खैरहनीदेखि भण्डारातर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख ३८०६ बस र भित्री सडक खण्डबाट हाइवेमा आउँदै गरेको ना ४५ प ३१६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी राप्ती –७ कै ५५ वर्षीय देव बहादुर गुरुङ घाइते भएका थिए । नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा डाक्टरले गुरुङलाई मृत्त घोषणा गरेको हो । बस चालक हेटौँडा–१२ बस्ने ४२ वाषर््ीय सन्तोष लामा इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।

Exit mobile version