हेटौँडाः हेटौँडा र बागमतीमा सवारी दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा हेटौँडा उपमहानगरपालिकामा २ जना र बागमत गाउँपालिकामा १ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पूर्व – पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा–१९ बस्तिपुरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । सोमबार हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको प्र ३–०३–००१ प २५०८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराको बारागढी नगरपालिका–६ बस्ने २८ वर्षीय रबिन्द्र चौधरी र पैदल यात्रु हेटौँडा–१९ बस्तिपुर बस्ने ७० वर्षीय शिव प्रसाद आचार्य घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागी सिएमसि चुरेहिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बागमती–५, भित्रि सडक खण्डमा ट्रयाक्टरबाट लडेर एक जना घाइते भएका छन् । चाँदी खोलातर्फबाट कोइराला टोलतर्फ जाँदै गरेको बा प्र ०३–००१ त ००५८ नम्बरको ट्रयाक्टरबाट लडी बकैया–४ झुरझुरे बस्ने ४९ वर्षीय ज्ञानबहादुर मोक्तान घाइते भएका हुन् । ट्रयाक्टर नरोकि चल्दै गरेको अवस्था ओर्लेने क्रममा लडी मोक्तान घाईते भएका हुन् । मकवानपुर सहकारी अस्पतालमा सामान्य उपचार पश्चात मोक्तानलाई बि एण्ड बि अस्पतालमा रिफर गरिएको प्रहरी जनाएको छ । ट्रयाक्टर चालक स्थानिय सेरप घिसिङ प्रहरीको सम्पर्कमा रहेको छ ।