हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रवीन्द्रनाथ पोखरेल चयन हुनुभएको छ । लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएका पोखरेलको समग्रमा यो तेस्रो कार्यकाल हो ।

शनिबार सम्पन्न विद्यालयको ४६ औँ अभिभावक भेलाबाट पोखरेल सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको छ । यसैगरी सदस्यहरु धनमाया लामा, कवीन्द्रविक्रम राना, सरिता सञ्जेल, देवीबहादुर बुढाथोकी, चम्फा बोहरा, वडा अध्यक्ष सुशील घिमिरे (वडा प्रतिनिधि) र चिरन्जीवी घिमिरे (शिक्षक प्रतिनिधि) सर्वसम्मत चयन हुनुभएको हो ।

शिक्षा ऐन २०२८ को दफा १२ बमोजिम ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो । विद्यालयका प्रधानाध्यापक समितिको पदेन सदस्य रहने व्यवस्था छ ।