प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टर ।

हेटौँडा : अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २ वटा ट्र्याक्टर र चालकसहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेको समयमा हेटौँडा–१, राप्ती खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले ना ५ त ६७०० नम्बरको ट्र्याक्टर र चालक हेटौँडा–३, बसामाडीका ४२ वर्षीय सोम बहादुर लो, ना ३ त १२३१ नम्बर ट्र्याक्टर र चालक हेटौँडा–१, चौकीटोलका २७ वर्षीय धन बहादुर थिङ, हेटौँडा–१, चोकिटोलका २५ वर्षीय प्रेम बलामी मगर, मनहरी गाउँपालिका–४, नयाँबस्तीका ४७ वर्षीय केशव वाईबा र मनहरी–४, मसिनेका ४८ वर्षीय रमन प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।