Home मुख्य समाचार किड्स गार्डेन मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न

किड्स गार्डेन मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न

अभिभावक दिवसमा नृत्य गर्दै विद्यार्थी।

हेटौँडा: हेटौँडा -२ स्थित किड्स गार्डेन मन्टेश्वरीको १२औं अभिभावक दिवस सम्पन्न भएको छ। मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रुपा पोखरेलको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा शनिबार अभिभावक दिवस कार्यक्रम भएको हो।

अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन, नाटक तथा उद्घोषण कला प्रस्तुत गरेका थिए। पूर्वप्राथमिक तहको मन्टेश्वरीमा २ सय विद्यार्थी अध्ययनरत छन्।